मकवानपुरको जिल्ला अदालतको फैसला हालसम्मकै उच्च


मकवानपुर,साउन ५ ।

सातसय ३२ मुद्दा फर्छौैट गरी जिल्ला अदालत मकवानपुरले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । एकै आर्थिक बर्षमा यत्तिका मुद्दा फर्छौैट भएको यो पहिलो हो ।  अदालतले यो वर्ष दर्ता लगतको ७१ दशमलब २७ प्रतिशत मुद्दा फर्छौैट गरेको श्रेस्तेदार कौशलेश्वर ज्ञवालीले जानकारी दिनुभयो । 

अदालतले लिएको लक्ष्य भन्दा ११ प्रतिशत बढी मुद्दा फर्छौैट भएको हो । अदालतमा आर्थिक बर्ष २०६८/०६९ मा एकहजार २७ मुद्दा दर्ता भएका थिए । अदालतले लिएको लक्ष्य भन्दा एकसय ३९ वटा बढी हो । अदालतले गएको वर्षको फर्छौैट गर्नु पर्ने बाँकी तीनसय ६ मुद्दासहित यो वर्ष आठसय ८८ मुद्दा दर्ता हुने लक्ष्य लिएको थियो ।

 अदालतको वार्षीक कार्य योजनाभन्दा एकसय ९७ मुद्दा वढी फर्छौैट भएको श्रेस्तेदार ज्ञवालीले जानकारी दिनुभयो । यो वर्ष फर्छौैट भएको मुद्दा संख्या गत वर्षको भन्दा दुई सय ४८ बढी हो । यो वर्ष गत वर्ष भन्दा दुईसय ३७ मुद्दा बढी दर्ता भएका थिए ।

Related

विविध 7966232274732195948

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item