खाल्डोमा डुवेर ३ जना बालिकाको ज्यान गयो


बाँके,साउन ४ । 
बर्दियामा खाल्डोमा डुवेर ३ जना बालिकाको ज्यान गएको  छ । बर्दिया धधवारमा हिजो दिनभरी खेत रोपी नजिकैको ईट्टा भट्टाको खाल्डोमा नुहाउन गएका धधवार ६ वनगाई बर्दियाका ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ११ वर्षीया आरती चौधरी, ११ वर्षकी अञ्जली चौधरी र १२ वर्षीया सरिता चौधरी भएको बर्दिया प्रहरीले जनाएको छ ।  नुहाउन गएका बालिकाहरु नफर्केपछि गएराति अबेर खोजी गर्दा खाल्डोमा डुवी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मतृक बालिकाहरुको शवलाई पोष्टमार्टमका लागि भेरी अञ्चल अस्पताल नेपालगञ्जमा लगिएको छ । 

Related

विविध 1595592193372439248

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item