एमाले अध्यक्ष खनाल आज युरोप जाँदै

http://sindhulidarpan.blogspot.com/2012/07/news_9111.html
काठमाण्डौ,साउन ४ ।
नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल आज युरोप जाँदै हुनुहुन्छ । प्रवासमा रहेको एमाले निकट नेपाल लोकतान्त्रिक मञ्च युरोप (एनडीएफ) को कार्यक्रममा सहभागी हुन खनाल आज राति स्पेन हुँदै पोर्चुगल जान लाग्नुभएको हो । अध्यक्ष खनालले एनडीएफको भेलालाई आउँदो शनिवार सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
पोर्चुगलमा हुने एनडीएफको युरोप सम्मेलनमा बेलायत, जर्मनी, बेल्जियम, स्पेन, इटाली, डेनमार्क, फिनल्याण्ड, स्विट्जरल्याण्ड लगायतका देशबाट करिब तीन सय कार्यकर्ताको सहभागिता रहने बताइएको छ ।
खनाल पोर्चुगलमा रहँदा त्यहाँका कम्युनिष्ट पार्टीका नेता तथा गैरआवासीय नेपालीहरुका प्रतिनिधिसँग भेटघाट गर्ने कार्यक्रम रहेको एमाले विदेश विभागले जनाएको छ । पोर्चुगलमा हुने कार्यक्रममा भाग लिन एमाले केन्द्रीय सदस्य भीम रावल हिजो नै त्यसतर्फ प्रस्थान गरिसक्नु भएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !