एकीकृत माओवादीको स्थायी समितिको बैठक जारी

http://sindhulidarpan.blogspot.com/2012/07/news_8008.html
काठमाण्डौ,साउन ४ ।
पूर्व लडाकु तथा वाइसीएलका प्रतिनिधिले उठाएको माग सम्बोधन गर्नेबारेमा छलफल गर्न एकीकृत नेकपा माओवादीको स्थायी समितिको बैठक अहिले बसिरहेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा विहानैदेखि जारी बैठकमा पूर्व लडाकुहरुले शिविरमा भएको आर्थिक अनियमतिता छानविन हुनुपर्ने भनी राखेको माग कसरी सम्बोधन गर्ने बारेमा छलफल भइरहेको प्रचण्डको निजी सचिवालयले जनाएको छ । एकीकृत नेकपा माओवादीको अस्तिदेखि सुरु भएको सातौं विस्तारित बैठकको दोस्रो दिन हिजो पूर्व लडाकु र वाइसिएलका प्रतिनिधिले शिविरभित्र भएको आर्थिक अनियमिताको छानविन हुनुपर्ने मागगर्दै बैठक अवरुद्ध गरेका थिए ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !