सिन्धुलीमा २१ सयवढी सवारी प्रहरी कार्वाहीमा


पोष्टराज पहाडी,सिन्धुली,साउन ४ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले गत आर्थीक वर्ष २०६८/०६९ मा २१ सय ८७ सवारी साधनलाई कार्वाहीमा पारेको छ । ट्राफीक प्रहरीको तथ्याङ्क अनुसार कार्वाहीमा पर्ने सावरी साधन मध्ये सबैभन्दा धेरै मोटरसाइकल रहेको छ ।

 एक आर्थीक वर्षमा ट्राफीक प्रहरीले १३ सय ६४ थान मोटरसाइकललाई कार्वाही गरेको छ । यसैगरि कार्वाहीमा पर्ने  सबैभन्दा कम सवारी साधनमा जेसीभी रहेको छ जुन १ वटा मात्र रहेको छ । यस्तै ट्राफीक प्रहरीले १ सय ८० वस, ३ सय १९ ट्रक, १९९ जिप, कार र डेलिभरि भ्यान र १ सय २४ ट्याक्टरलाई कार्वाही गरेको छ । 

ट्राफीक प्रहरीको तथ्याङ्क अनुसार कार्वाहीमा परेका सवारी साधनबाट प्रहरीले करिब २ लाख ६१ हजार ४ सय ५० रुपैँया राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०६८/०६९ मा संकलन भएको सो राजश्व अघिल्लो आर्थीक वर्ष २०६७/०६८ भन्दा १ लाख २१ हजार १ सय ९५ रुपैयाले बढी हो । आर्थिक वर्ष २०६७/०६८ मा ट्राफीक प्रहरीले १ लाख ४० हजार २ सय ५५ रुपैँया राजश्व संकलन गरेको थियो । 
 आर्थीक वर्ष २०६८/०६९ मा वसबाट २४ हजार ५०, ट्रकबाट ४० हजार १ सय, जिप, कार, डेलीभरी भ्यानबाट २१ हजार ५ सय, मोटरसाइकलबाट १ लाख ५८ हजार ६ सय ५० , ट्याक्टरबाट १६ हजार ९ सय ५० र जेसीभीबाट २०० राजश्व संकलन गरेको ट्राफीक प्रहरी कार्यालय सिन्धुलीको तथ्याङ्कले जनाएको छ ।   

Related

स्थानिय 5596883806628576635

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item