सहकारीको माध्यमबाट सिन्धुलीमा कृषी व्यवसाय


पोष्टराज पहाडी,सिन्धुली,साउन ४ ।  

‘एक थुकी सुकी, सयले थुकी नदी’ भनैझै  एक्लैले मात्र कुनै पनि काम सम्भव प्राय नहुने तर समूहमा कुनै पनि काम गरे त्यसबाट राम्रो फाइदा हुने उदाहरण बनेको छ कमलामाई नगरपालीका–९ मा सञ्चालित बहुउदेश्यीय कृषी फारम ।  सिद्धिविनायक कृषी सहकारीद्धारा सञ्चालित यस फारममा अहिले तरकारी खेती, बंगुरपालन, माछा पालन, कुखुरा पालन, उन्नत जातको धान खेती गरिएको छ । 
जिल्लाका लब्धप्रतिष्ठित व्यक्तित्व लगायत जिल्ला बाहिरका करिब २५ जनाको सहकार्यमा सञ्चालित उक्त कृषी फारम गत २०६८ फागुनबाट सुरु गरिएको हो । विदेशमा गएर रोजगारी गर्न इच्छुक नेपालीहरुलाई स्वदेशमै बसेर केहि गर्न सकिने उदाहरणको रुपमा यस कृषी फारमलाई लिनु पर्ने बताउछन् सो फारम सञ्चालक समितीका अध्यक्ष मिन बहादुर श्रेष्ठ । करिब १५ विगाह जग्गा प्रतिकठ्ठा ३५ सयका प्रतिवर्षका दरले भाडामा लिएर सञ्चालन गर्न थालिएको सो कृषी फारममा यति खेर ५ जनाले मासीक रोजगारी पाएका छन् भने दिनहूँ धेरै जसोले ज्यालादारीमा काम गरेवापत पारिश्रमीक पाइरहेका छन् । 

सो फारममा अहिले करिब ६ कठ्ठामा बोडी, ३ कठ्ठामा खुर्सानी, ७ कठ्ठामा भान्टा लगायतका तरकारीहरु लगाइनुका साथै  बंगुर पालन, तथा करिब २५ सय मुग्री जातका माछापालन गरिएको छ  । अहिले मात्रै दिनको करिब ५० केजी बोडी बिक्री वितरण हुने गरेका त्यस फारममा कार्यरत भोला श्रेष्ठले बताउनुभयो । फारममा उत्पादन गरिएका उपभोग्य बस्तुहरु खानको लागि पनि स्वास्थ्यका लागि फाइदा जनकहुने अध्यक्ष श्रेष्ठको भनाई छ । त्यस फारमबाट उत्पादीत उपभोग्यबस्तुहरुमा रसायनिक मल प्रयोग नगरिएको र आद्र्यानिक तथा जैविक मलको प्रयोग गरिएकोले स्वास्थ्यका दृष्टिकोणले फाइदा जनक रहेको श्रेष्ठको तर्क छ । 
सिन्धुली जिल्लामा उद्योग धन्दाहरु नभइरहेको अवस्थामा कृषीमा विकास गरि जिल्लालाई चिनाउने हिसावले खेति व्यवसाय सुरु गरिएको र आगामी दिनमा सुलभ र सस्तो मूल्यमा उत्पादीत उपभोग्य वस्तु विक्री वितरण गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो । 

Related

प्रमूखखबरहरु 8785019987459787533

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item