उदयपुरमा व्यापारीले राख्दैनन् प्यान नम्बर

http://sindhulidarpan.blogspot.com/2012/07/news_2507.html
उदयपुर,साउन ४ ।
उदयपुरका अधिकांश कार्यालय र पसलमा पाना नम्बर नराख्ने गरेको पाईएको छ । व्यावसाय सञ्चालनको लागि राजश्व कार्यालयबाट लिएको दर्ताको प्रमाणपत्र र पाना नम्बर सर्वसाधारणहरुले देखिने ठाँउमा राख्नुपर्ने प्रावधान भए पनि सदरमुकाम गाईघाटलगायत जिल्लाको मुख्य व्यापारिक केन्द्रहरुमा व्यापारीहरुले पाना नम्बर नराख्ने गरेको भेटिएको हो ।
त्रियुगा उद्योग वाणिज्य संघ उदयपुरका अध्यक्ष सूर्यनारायण साहले व्यापारिहरुलाई पटक पटक पाना नम्वर राख्न आग्रह गर्दा पनि व्यापारीहरुले अटेर गरेको बताउनुभयो । विना दर्ता होटल, पसल तथा कुनैपनि व्यवसाय सञ्चालन गर्न नपाईने प्रावधान रहेपनि कार्यान्वयन हुन नसक्दा व्यापारिहरुको मनोमानि बढेकोछ ।
उद्योग बाणिज्य संघले नियमित अनुगमन नगर्दा व्यापारिहरुले कर छलेर मुनाफा कमाउने गरेका छन् । सदरमुकाम गाईघाट, कटारी, बेल्टार, मुर्कुचि, नेपालटार जलजलेलगाएतका स्थानहरुमा कतिपय व्यापारिहरुले विना ईजाजत व्यवसाय सञ्चालन गरिरहेका छन् यस विषयमा सरोकारवाला निकायहरु मौन रहेका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !