प्रधानमन्त्री भट्टराई र भारतका राष्ट्रपति मुखर्जीबीच टेलिफोन सम्बाद

http://sindhulidarpan.blogspot.com/2012/07/news_23.html
काठमाण्डौ,साउन ८ ।
भरतका नवनिर्वाचित राष्ट्रपति प्रणव मुखर्जीलाई प्रधानमन्त्री डा बावुराम भट्टराईले आज बधाई तथा शुभकामना दिनु भएको छ । प्रधानमन्त्री भट्टराईले टेलिफोन मार्फत नवनिर्वाचित भारतीय राष्ट्रपति मुखर्जीलाई बधाई दिनु भएको हो । प्रधानमन्त्रीले मुखर्जीको विजयमा नेपाली जनता र राजनीतिक दलहरु खुशी भएको जानकारी गराउँदै सफल कार्यकालको शुभकामना दिनु भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
आगामी दिनमा दुई देशबीचको आपसी सम्बन्ध अझै सुमधुर हुँदै जाने विश्वास समेत प्रधानमन्त्रीले कुराकानीकोक्रममा व्यक्त गर्नुभएको जनाइएको छ । जवाफमा भारतीय राष्ट्रपति मुखर्जीले धन्यवाद व्यक्त गर्दै आफू नेपाल र नेपालीको सधै असल मित्र भएको बताउनुभएको थियो । आफ्नो कार्यकालमा दुई पक्षीय सम्बन्ध अझै बलियो हुने मुखर्जीले बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिनएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !