संविधानसभा पुनस्थापना हुनैसक्दैन:गच्छदार

http://sindhulidarpan.blogspot.com/2012/07/blog-post_23.html
काठमाण्डौ,साउन ८ ।
उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले कुनै पनि हालतमा संविधानसभाको पुनस्थापना हुन नसक्ने बताउनु भएको छ । संविधानसभा वा संसद के को चुनाव गर्ने भन्नेमा दलहरुबीच सहमति गर्नुनै अहिलेको उत्तम विकल्प हुने गच्छदारको भनाइछ ।

अहिलेसम्म आफूले सरकारमा रहँदा नागरिकको हितमा काम गरेको दावीगर्दै गृहमन्त्री गच्छदारले आफ्नोबारेमा नराम्रो खबर मात्र सञ्चार माध्यममा सार्वजनिक हुने गरेकोभन्दै आपत्ति जनाउनुभयो । आफू गृहमन्त्री भएको करिब एक वर्षमा देशमा शान्ति सुरक्षा सुदृढ भएको दावीगर्दै गच्छदारले आफन्त वा आर्थिक प्रलोभनमा परेर सरुवाबढुवा वा अन्य कुनै काम गरेको भए सार्वजनिक गर्न चुनौती दिनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !