संविधानसभा पुनस्थापना हुनैसक्दैन:गच्छदार
http://sindhulidarpan.blogspot.com/2012/07/blog-post_23.html
काठमाण्डौ,साउन ८ ।
उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले कुनै पनि हालतमा संविधानसभाको पुनस्थापना हुन नसक्ने बताउनु भएको छ । संविधानसभा वा संसद के को चुनाव गर्ने भन्नेमा दलहरुबीच सहमति गर्नुनै अहिलेको उत्तम विकल्प हुने गच्छदारको भनाइछ ।
राजधानी काठमाडौंमा ट्राफिक प्रहरीले सञ्चालन गरेको मेट्रो ट्राफिक एफएमको आज विहान औपचारिक रुपमा उद्घाटनगर्दै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष समेत रहनु भएका मन्त्री गच्छदारले संविधानसभाको विघटनपछि उत्पन्न राजनीतिक सङ्कट निवारणको लागि दलहरुबीच सहमति हुनुको विकल्प नभएको बताउनुभयो ।
अहिलेसम्म आफूले सरकारमा रहँदा नागरिकको हितमा काम गरेको दावीगर्दै गृहमन्त्री गच्छदारले आफ्नोबारेमा नराम्रो खबर मात्र सञ्चार माध्यममा सार्वजनिक हुने गरेकोभन्दै आपत्ति जनाउनुभयो । आफू गृहमन्त्री भएको करिब एक वर्षमा देशमा शान्ति सुरक्षा सुदृढ भएको दावीगर्दै गच्छदारले आफन्त वा आर्थिक प्रलोभनमा परेर सरुवाबढुवा वा अन्य कुनै काम गरेको भए सार्वजनिक गर्न चुनौती दिनुभयो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !