सर्पको टोकाईबाट लालबन्दीमा एक युवकको मृत्यु


सुरेश बिडारी,सर्लाही,साउन ८ । 

विषालु सर्पको टोकाईबाट सर्लाही लालबन्दीमा एक युवकको मृत्यु भएको छ । लालबन्दी– ५ निबासी १८ वर्षियको माधव धितालको गयराति निधन भएको हो । जनज्योति बहुमुखी क्याम्पस दिवा सेवामा कक्षा १२ मा पढ्दै गरेको धिताललाई आफ्नै घरमा गोमन सर्पले टोकेको र उपचारका लागि लैजाँदै गर्दा अनेरास्ववीयु क्याम्पस प्रारम्भिक कमिटि अध्यक्ष टेष्टराज भण्डारीले जानकारी दिनुभयो ।


सर्पले टोके लगतै नवरलपुर स्थित आर्मी ब्यारेकमा सामान्य उपचार। गरी थप उपचारका लागि सदरमुकाम मलङ्गवा लैजाँदै गर्दा बाटैमा धितालको मृत्यु भएको आफन्तहरुले बताएका छन् सर्पले धिताललाई तिनठाँउमा टोकेको थियो । नजिकै सर्पदंश उपचार केन्द्रको अभाव भएका कारण अरुलाई पनि सर्पले टोकेमा बच्न सक्ने सम्भावना एकदमै कम देखिएको भन्दै स्थानीय बासिन्दाहरु चिन्तित भएका छन् ।

Related

विविध 717955107355109677

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item