महिला फुटबल प्रतियोगिताअन्तर्गत आज पनि दुई खेल


काठमाण्डौ,साउन ८ । 
१४ औं राष्ट्रिय महिला फुटबल प्रतियोगिताअन्तर्गत आज पनि दुई खेल हुने भएका छन् । रौतहटमा आज सशस्त्र प्रहरी बल र झापाको टिमले दिउँसो चार बजे प्रतिस्पर्धा गर्ने छन् । भने सिमरामा नेपाल प्रहरीको टिम र बाराको टिमबीच प्रतिस्पर्धा हुने अखिल नेपाल फुटबल सङ्घका उपाध्यक्ष ललितकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । 

अखिल नेपाल फुटबल सङ्घको आयोजनामा रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा हिजो भएको प्रतियोगितामा कैलालीले रौतहटलाई २–१ ले पराजित गरेको थियो । क्वाटरफाइनल खेलमा कैलाली विजयीसँगै सेमिफाइनलमा प्रवेश गरेको छ । बाराको सिमरामा हिजो भएको प्रिक्वाटर खेलमा बाँकेले रूपन्देहीलाई शून्यका विरुद्ध ६ गोलले पराजित गरी क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

Related

प्रमूखखबरहरु 5878270634390323779

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item