काभ्रेमा एकवर्षमा ३४ को सवारी दुर्घटनामा मृत्यु


काभ्रे,साउन ४ । 

पछिल्लो एक वर्षको अवधिमा काभ्रेमा भएका सवारी दुर्घटनामा ३४ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका अनुसार आर्थिक वर्ष २०६८÷०६९ मा काभ्रेमा ५८ वटा सवारी दुर्घटना भएको थियो ।  त्यसमा ३४ जनाको मृत्यु भएको ५८ जना घाइते भएको कार्यालयले जानकारी दिएको छ । अघिल्लो आर्थिक वर्षमा भने २८ जनाको मृत्यु भएको कार्यालयको तथ्यांक छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले दुर्घटना न्यूनिकरण गर्नका लागि सडकमा जेब्रा क्रसिङ, आईल्याण्ड, होडिङ बोर्ड राख्ने, चालक÷सहचालकलाई विभिन्न प्रशक्षिणका साथै मादक पदार्थ सेवनको जाँच पनि सुरु गरेको जनाएको छ ।

Related

विविध 7928277953420086330

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item