बेचिन लागेका दुई महिलाको उद्धार


पर्वत,साउन ४ ।

बैदेशिक रोजगारमा लागाई दिने भन्दै भारततिर बेचबिखनका लागि काठमाण्डु पु¥याएका म्याग्दीका दुई महिलालाई उद्धार गरिएको छ । अर्थुङगे गाविस वडा नं. ४ का २२ वर्षीया कोपिला मिजार र १८ वर्षीया शान्ता मिजारलाई गाउँकै गंगा बरुवालले राम्रो काम मिलाई दिने भन्दै भारत लैजान लागेको पाइएको हो । 

काठमाण्डुको हरियाली गेष्ट हाउसमा बन्धक बनाएर राखिएका उनीहरुलाई कसैको पनि फोन नउठाउनु भन्नेर सिकाइएको थियो तर आफन्तले फोन गरेपछि गेष्ट हाउसका मालिकमार्फत सबै कुरा थाहा भएको हो । आफन्तसँगै रहेका उनीहरुलाई न्यायका लागि दलित साझा सञ्जाल म्याग्दीले पहल गर्ने जनाएको छ ।

Related

विविध 4504148950723232076

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item