सर्लाहीका ७ व्यवसायी कारबाहीमा


सर्लाही,साउन ४ । 
जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवामा गरेको बजार अनुगमनबाट दुई दिनमा ७ जना व्यापारीलाई कारबाहीको दायरामा ल्याएको छ । म्याद नाघेको खाद्यवस्तु विक्री वितरण गर्ने, व्यावसायिक कर नतिरेको, संचालन अनुमतिपत्र विना पसल संचालन गर्ने व्यापारीहरुलाई कारबाहीमा ल्याएको अनुगमनमा सहभागि नागरिक समाजका अगुवा उग्रकान्त झाले जानकारी दिनुभयो । पसलबाट बरामद गरिएको अहितकर खाद्यबस्तुलाई नष्ट गरिएको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम ढकालको नेतृत्वमा बजारमा हिजोदेखि अनुगमन थालिएको छ ।

Related

प्रमूखखबरहरु 2925615259673278960

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item