आठ युवा सङ्गठन आजदेखि सरकार विरुद्ध सडकमा
http://sindhulidarpan.blogspot.com/2012/07/news_24.html
काठमाण्डौ,साउन ९ ।
विपक्षीदलसम्बद्व ८ युवा सङ्ंगठनले आजदेखि सरकार विरुद्ध आन्दोलन सुरु गर्दैछन् । प्रधानमन्त्रीको राजीनामा र सरकारले चालेको कदमको विरोधगर्दै विपक्षीदलआवद्ध युवा सङ्गठनहरुले सडक आन्दोलन गर्न लागेका हुन् । वर्तमान भट्टराई सरकारको विस्थापन र सहमतिबाट नयाँ चुनाव घोषणाको मागगर्दै आन्दोलन सुरु गर्न लागेका ती युवा सङ्गठनले बताएका छन् ।
एमाले निकट युवा सङघका अध्यक्ष महेश बस्नेतले सरकार विरुद्ध आजबाट सुरु भएको सङ्घर्ष निरन्तर रहने जानकारी दिनुभयो । आठ युवा सङ्गठनहरुले आज दिउसो ३ बजे नयाँ बानेश्वरमा विरोध सभा गर्दैछन् । विरोध सभाअघि ठाउँठाउँबाट जुलुश निस्किने काङ्ग्रेस निकट तरुण दलले जनाएकोछ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !