सिन्धुलीमा महिलाको नाममा जग्गा पास गर्नेको संख्या ४१ प्रतिशतले वढ्यो

http://sindhulidarpan.blogspot.com/2012/07/blog-post_293.html
चीना थापा, सिन्धुलीm\,साउन ९ ।
सिन्धुलीमा महिलाको नाममा जग्गा रजिष्ट्रेशन गर्ने क्रम बढेको छ । आर्थिक वर्ष २०६७/०६८ को भन्दा २०६८/०६९ मा ४१ प्रतिशतले बढेको जिल्ला मालपोत कार्यालय सिन्धुलीका रजिष्ट्रेसन फाटका सागर चौलागाईले जानकारी दिनुभयो । आर्थिक वर्ष २०६७/०६८ मा १ हजार ४ सय महिलाको नाममा जग्गा रजिष्ट्रेशन भएको थियो भने २०६८/०६९ को आर्थिक वर्षमा १ हजार ९ सय ७३ जना महिलाको नाममा जग्गा
रजिष्ट्रेशन उहाँले बताउनु भयो ।
उहाँका अनुसार जग्गा रजिष्ट्रेसन गर्नेहरुमा ग्रामीण क्षेत्रका ७ सय ९२ रहेका छन् भने सहरी क्षेत्रका १ हजार १ सय ८० रहेका छन् । जसवाट १८ लाख ५५ हजार ३ सय ५० राजश्व छुट पाएका छन । जसमा सहरी क्षेत्रतर्फ महिलाहरुले १२ लाख ४० हजार ३ सय ५० राजस्व छुट पाएका छन् भने गा्रमीण क्षेत्रतर्फ महिलाहरुले ६ लाख १५ हजार ३ सय ५० राजस्व छुट पाएका छन् । सरकारले महिलाको नाममा जग्गा रजिष्ट्रेशन गर्दा सहरी क्षेत्रको जग्गामा २५ प्रतिशत र ग्रामिण क्षेत्रको जग्गामा ३० प्रतिशत छुट दिने व्यवस्था गरेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !