निन्द्रा छैन सिन्धुलीका कृषकलाई


सिन्धुली,साउन ८ । 
 अविरल वर्षा पछिको  वाढीले खेत वगाएपछि सिन्धुलीका किसानलाई निन्द्रा लाग्न छोडेको छ । कमलाखोच,मरिन,बेलघारी लगायतका किसानलाई अहिल्य चिन्ताले पिरोल्न थालेको छ । कमला नदीले यसवर्ष मात्रै  ३० विगाहा  भन्दा बढी खेत कटान गरिसकेको छ भने  सयौ विगाहा जमिन पनि जोखिममा पारेको छ ।  जग्गा कटान गर्ने क्रम बढेपछि दुधौलीका लाल बहादुर कार्कीलाई भोक निन्द्रा त छैन नै सम्बन्धित निकायले पनि सहयोग नगरेपछि होशहवास नै उडेको छ । 

उहाँ भन्नुहुन्छ किन किसानलाई नै सधै समस्या आईरहन्छ ।  निरन्तरको बर्षाले दुधौलीबासिलाई मात्रै हैन सिन्धुलीको बेलघारी र भिमस्थानका सर्बसाधारणलाई पनि निकै सताएको छ । चदाहा नदिले जमिन कटान गरेकोमा अव के गर्ने भन्नेमा चिन्ताले सताएको भिमस्थानका कासिनाथ दाहाल वताउनुहुन्छ ।

पश्चिमी क्षेत्र मरिणक्षेत्रमा खहरे तथा मरिण क्षेत्रका खेत वगाएपछि चिन्तै चिन्तामा छन् किसान । तर सर्वसाधारण भने नदि तथा खोलामा तटवन्धन गर्दै वृक्षारोपण गर्ने हो भने  केहि हदसम्म वाढी पहिरो नियन्त्रण गर्न सकिने वताउछन् । 

Related

स्थानिय 6208516635332079393

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item