बागमती खोलाबाट ढुङ्गा/गिट्टी निकाल्नलाई रोक


सर्लाही,साउन ११ । बगमतिखोलाले ठूलो परिमाणमा खेत कटान गरेको भन्दै रौतहटका स्थानियबासिन्दाले बागमती खोलाबाट ढुङ्गागिट्टी निकाल्न रोक लगाएको छ । जिल्ला विकास समिति रौतहटले स्थानियबासिन्दासँग गरेको सम्झौता अनुसार खोलाको ठेक्का लागेको रकमको ३५ देखि ५० प्रतिशत रकम तटबन्दमा खर्च गर्ने भनेको भए पनि कुनै काम नगरेको भन्दै स्थानीयले आज विहानैदेखि काममा अवरोध पु¥याएको हो । 

बागमती खोलामा तटबन्द नहुदाँ रौतहटको चतुरभुजेश्वर मन्दिर खोलाले लैजाने अवस्था आएको र बस्ती भन्दा माथिबाट खोला पस्ने सम्भावन उच्च हुदाँसमेत यसतर्फ कुनै निकायले चासो नदेखाएको भन्दै अनिश्चित कालको लागि खोलाबाट ढुङ्गागिट्टिी निकाल्न रोक  लगाएको स्थानियबासिन्दा गणेश अधिकारीले जानकारी दिए । काम रोकिएपछि स्थानिय मजदुर भने समस्यमा परेका छन् । 

यसबारेमा स्थानीय विकास समिमिलेसमेत चासो नदेखाएको भन्दै आफूहरुले पटक पटक स्काभेटर, ट्रिफर नियन्त्रणमा लिएको भए पनि केही राजनीतिक दलका नेताहरुको कारण छुटाउने गरेको स्थानियबासिन्दाको भनाइ छ । बागमती खोलाबाट अनितयन्त्रीत तवरले ढुङ्गागिट्टी निकाल्दा चुरे क्षेत्रको विनास हुदै गएको हो ।

Related

विविध 929384350443660776

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item