"हुलाक कार्यालय सिन्धुलीमा दरवन्दी छ, कर्मचारी छैन"


उमा पौडेल,सिन्धुली,साउन ११ । 

सिन्धुली जिल्लामा जिल्ला हुलाक कार्यालय र ईलाका हुलाक कार्यालयहरुमा लामो समयदेखि दरबन्दि अनुसारका कर्मचारी  नियुक्ती गर्न नसक्दा  दैनिक कामकाज प्रभाबित बनेको छ । कर्मचारीको अभाबमा दैनिक प्रशासन चलाउन, डाक बोक्न र चिठ्ठी बितरण गर्न समस्या भएको जिल्ला हुलाक कार्यालयले जनाएको छ । 

हुलाक सेवा अन्तर्गत जिल्लामा हुलाक अधिकृत एक,नायब सुब्बा तीन, खरिदार १४,हुलाकी ६८, हल्कारा ३४ र कार्यालय सहायक पाँच जना गरि कुल १२१ जना कर्मचारीको दरबन्दि रहेको छ । यी मध्ये हाल नायब सुब्बा एक, खरिदार पाँद्ध, हुलाकी ३१ र हल्कारा १९ जना गरि ५६ जना कर्मचारीको दरबन्दि रिक्त रहेको छ । ईलाका हुलाक कार्यालयको ईन्चार्ज खरिदार हुने भएपनि कर्मचारीमको अभाबमा सात वटा त्यस्ता कार्यालय श्रेणीबिहिन कर्मचारी नै ईन्चार्ज भएर काम गरि गरेको जिल्ला हुलाक कार्यालय सिन्धुलीका निमित्त प्रमुख चन्द्रमणी पौडेल गुनासो गर्नुहुन्छ ।

 रिक्त दरबन्दि पदपुर्तिका लागि सम्बन्धित निकायमा पटक पटक जानकारी गराएको भएपनि हालसम्म सुनुवाई नभएको उहाँको गुनासो छ । उहाँका अनुसार जिल्लामा हुलाक सेवा बिभाग अन्तर्गत सदरमुकाममा जिल्ला हुलाक कार्यालय र सदरमुकाम बाहिर १२ ईलाका हुलाक र ४२ वटा अतिरिक्त हुलाक कार्यालय रहेका छन् । हुलाकी र हल्काराको अभाबले डाक बोक्न र चिठ्ठीपत्र समयमा नै बितरण गर्न कठिन भैरहेको उहाँले जानकारी दिनुभयो ।

Related

स्थानिय 5658540608060450951

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item