किशोरको उचाइ बढेको बढ्यै, परिवार चिन्तामा


सुर्खेत,साउन ११ ।

 वीरेन्द्रनगर नगरपालिका–२ का १८ वर्षीय किशोरको उचाइ दिनदिनै असामान्य तरिकाले बढ्दै गएको छ । कक्षा ९ का ईश्वर केसी सामान्य व्यक्तिभन्दा निकै अग्लो भएकाले परिवारमा चिन्ता थपिएको छ । 

केसीको उचाइ अहिले छ फिट तीन इन्च  छ ।  ईश्वरका बाबु लोकबहादुरका अनुसार छोराको उमेरभन्दा उचाइ बढी छ । दुई भाइ र तीन बहिनीमध्ये जेठा ईश्वरका भाइ र बहिनीको उचाइ भने सामान्य छ । बढ्ने उमेर भएकाले उनको उचाइ अझै अग्लिने चिन्ता लागेको बाबु लोकबहादुरले बताए । 

विसं २०५० जेठ २७ गते जन्मेका ईश्वरको अगाडि उनीसँगैका साथी निकै होचा  छन् । ईश्वरलाई भेटेर आउनुभएका देवप्रसाद मुलेलले उनी त्यस वडाकै सबैभन्दा अग्लो भएको दाबी गर्नुभयो । उचाइ अझै बढ्दै गएकाले उनी जिल्लाकै अग्लो व्यक्ति हुनसक्ने सम्भावना रहेको बताइएको छ  । 

ईश्वरको उचाइ बढ्दै गएपछि त्यसको कारणबारे परिवारले खोजबिन गरेको छैन । उनको उचाइ वंशाणुगत गुण वा हर्मोन तत्वको कारणले बढ्दै गएको हुनसक्ने अनुमान स्वास्थ्यकर्मीले गरेका छन् । किशोरावस्थामा सरदर उचाइ पाँच फिट हुने भए पनि छ फिट माथि हुनु अस्वाभाविक भएको स्वास्थ्यकर्मी कमला तिवारीले बताइन् ।

Related

राष्ट्रिय 54222374428402610

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item