माधव नेपालद्धारा गाडी फिर्ता


एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पूर्वप्रधानमन्त्रीको हैसियतमा प्राप्त सुविधाको सरकारी गाडी फिर्ता गरेका छन् । अध्यादेशमार्फत आएको राज्यका भूतपूर्व विशिष्ट पदाधिकारीहरुलाई सुविधा दिने सरकारी निर्णयको विरोध भइरहेका बेला पूर्वप्रधानमन्त्री नेपालले सरकारी सुविधाको गाडी फिर्ता गरेका हुन् ।

जनस्तरबाट व्यक्त भावनाको सम्मान गर्दै आफूले गाडी फिर्ता गरेको नेपालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । गाडी बाहेक अन्य सुविधा नलिएको पनि उनले जनाएका छन् ।
पूर्वप्रधानमन्त्री नेपालले कामचलाउ सरकारले राष्ट्रिय सहमतिका लागि मार्गप्रशस्त गर्नुपर्ने बेलामा भूतपूर्व भिआईपीलाई सुविधा दिने भन्दै ध्यान अन्यत्र मोडेर सहमतिको प्रयास विथोल्न खोजेको पनि उल्लेख गरेका छन् ।

Related

राष्ट्रिय 8313891764630746566

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item