केटिसगँ सल्केको भन्दै श्रीमानको हत्या
http://sindhulidarpan.blogspot.com/2012/07/news_7256.html
भोजपुर,साउन ११ ।
अर्की युवतीसँग लागेको आरोपमा एक महिलाले भोजपुरमा खुकुरी प्रहार गरी आफ्नै पतीको हत्या गरेकी छन् । खोटाङ जिल्ला फिदिम–९ बस्ने २६ बर्षीया कमला राईले खुकुरी प्रहार गरेर २७ वर्षीय पती किरण राईको हत्या गरेकी हुन् । भोजपुर जिल्ला साङथाङ–६ पकुवाडाँडामा पती अर्की केटीसंग लागेको थाहापाए पछि कमलाले टाउको र घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको प्रहरी भनाई छ ।
यसैवीच, बुटवलमा चार बर्षीया बालिकालाई जवरजस्ती अनुचित कार्य गर्न खोज्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गएराति बुटवल नगरपालिका–३ बस्ने चार बर्षीया बालिकालाई शौचालयमा लगेर जवरजस्ती अनुचित कार्य गर्न खोज्ने स्थानीय ३२ बर्षीय ज्ञानबहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । सुनारले बालिकालाई शौचालयमा जवरजस्ती गर्न खोज्ने क्रममा स्थानीयले थाहापाई पक्राउ गरेर प्रहरीमा बुझाएका थिए ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !