मुख्य सचिवको टुङ्गो लगाउन मन्त्रिपरिषद् बैठक बस्दै


काठमाण्डौ,साउन १२ ।
कायममुकायम मुख्य सचिवको छनौट गर्ने बारेमा छलफल गर्न नेपाल सरकार मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अहिले केहीबेरमा सुरु हुने बैठकले वरिष्ठ १३ सचिवमध्येबाट एकजनालाई कायम मुकायम मुख्य सचिवको जिम्मेवारी दिने स्रोतले जनाएको छ । यही २० गते पदावधि पूरा गर्न लाग्नु भएका मुख्यसचिव माधव घिमिरे पर्सीदेखि बिदामा बस्ने भएपछि मन्त्रिपरिषद्ले दाबेदारहरुमध्येबाट एकजनालाई आज कायममुकायम मुख्य सचिवको जिम्मेवारी दिन लागेको हो । 

मन्त्रिपरिषद बैठकले तोक्ने कामु मुख्यसचिवलाई नै पछि मुख्य सचिवमा सरकारले विधिवत् नियुक्त गर्नेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव लिलामणि पौडेलले कायम मुकायम मुख्य सचिवको जिम्मेवारी पाउने चर्चा भए पनि मुख्य सचिवको लागि १३ जना सचिवहरुले दावी गरेका छन् । हालसम्म महिला मुख्य सचिव नभएकोले कायममुकायम सचिवको जिम्मेवारी बृन्दा हाडालाई दिनुपर्ने आवाज पनि उठेकोछ । मुख्य सचिवका लागि दावी गरिरहेका १३ जना सचिव २०६४ असोज २४ मा सचिव भएका थिए । 

Related

राष्ट्रिय 8619090582790690243

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item