सरकारी निर्णयविरुद्वको अनशन आज पनि जारी
http://sindhulidarpan.blogspot.com/2012/07/news_9352.html
काठमाण्डौ,साउन १२ ।
पूर्वविशिष्ट सरकारी अधिकारीहरुलाई आजीवन सुविधा दिने सरकारी निर्णयविरुद्ध नागरिक समाजका प्रतिनिधीहरुले आज पनि अनशन जारी राखेका छन् । आज दिउँसो दुई बजेसम्मका लागि उमेश मैनालीको नेतृत्वमा, गोविन्द डङ्गोल, अनन्तराम भट्टराई, अप्सरा कोइराला, विष्णुकुमार गिरी, सीताराम पोखरेल, र लक्ष्मण थापा अनसनमा बस्नु हुनेछ ।
पूर्वप्रशासकले नेतृत्व गरेको नेपाल नागरिक समाजका प्रतिनिधिहरुले हिजोबाट रत्नपार्कस्थित शान्ति वाटिकामा तीनदिने रिले अनशन सुरु गरेका थिए । अनशनलाई नेपाल पत्रकार महासंघ, नेपाल बार एशोसियसनलगायतले पनि समर्थन जनाएका छन् । सरकारले पूर्व राष्ट्रपतिदेखि पूर्व गृहमन्त्रीसम्मका अधिकारीहरुलाई आजीवन गाडी, मर्मत खर्च, इन्धन, आवास लगायत सुविधा प्रदान गर्न अध्यादेश जारी गरेको थियो । अध्यादेश मुलुकको हितमा नभएको र अर्थतन्त्रले धान्न नसक्ने भएकोले तत्काल फिर्ता गर्न नागरिक समाजले माग गरेको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !