मकवानपुरको १६ गाविसमा साँढे २२ हजार शौचालय


मकवानपुर,साउन १२ । 
सन् २०१३ सम्ममा जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्रको रुपमा विकास गर्ने जिल्ला विकास समिति मकवानपुरको लक्ष्य अनुसार धमाधम चर्पी निर्माण र खुला दिसामुक्त गाविस घोषणा हुने क्रम बढेको छ । शौचालय निर्माणपछि मात्रै खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने र कार्यान्वयन गर्न सजिलो हुने भएकाले जिल्ला विकास समिति, डिभिजन खानेपानी तथा सरसफाइ कार्यालय र प्लान नेपालको सहयोगमा राडो नेपालले यो अभियानलाई तीब्रता दिँदै आएको हो । जिल्लामा हालसम्म १६ वटा गाविसहरु खुला दिसामुक्त घोषणा भइसकेका छन् भने अन्य गाविसहरुमा पूर्वाधार निर्माणको काम भइरहेको छ ।

 जिल्ला विकास समिति मकवानपुरका सामाजिक विकास अधिकृत रामकृष्ण थापाका अनुसार दिसामुक्त घोषणा गरिएका गाविसहरुमा चितलाङ, भैँसे, मार्खु, पालुङ, छतिवन, सिस्नेरी, शिखरपुर, हर्नामाडी र निवुवाटार रहेका छन् । त्यसैगरी कोगटे, हटिया, चुरियामाई, फाखेल, बुढीचौर, आमभन्ज्याङ र भीमफेदी गाविस पनि खुला दिसामुक्त घोषणा भएका छन् । खुला दिसामुक्त घोषणा भएका गाविसहरुमा चर्पीहरु निर्माण गरिएका छन् । 

पक्की, साझेदारी र कच्ची चर्पी प्रयोग गर्नेगरेका १६ गाविसका बासिन्दाले अहिले खुला दिसामुक्त क्षेत्र घोषणासँगै कार्यविधि र नियमहरु मानिरहेका छन् । जिल्ला विकास समितिका अनुसार १६ वटा गाविसमा २० हजार ४ सय ९४ वटा पक्की चर्पी बनेका छन् । त्यसैगरी ९ सय ३२ वटा साझेदारी चर्पी र १ हजार ३ सय २७ वटा कच्ची चर्पी १६ वटा गाविसहरुमा निर्माण भइसकेका छन् । १६ वटा गाविसका कूल २२ हजार ७ सय ५३ घरधूरी कच्ची, पक्की तथा साझेदारी चर्पीबाट लाभान्वित भएको जिल्ला विकास समिति मकवानपुरले जनाएको छ ।

Related

विविध 5390644812192515956

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item