नेकपा–माओवादी अध्यक्ष वैद्य आज चीन जादै
http://sindhulidarpan.blogspot.com/2012/07/news_3403.html
काठमाण्डौ,असार ३१ ।
नवगठित नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य आज चीन भ्रमणमा जाँदै हुनुहुन्छ । वैद्य सहित ४ जनाको टोली राति साढे ११ बजे चीनको राजधानी बेइजिङ जाने प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । अध्यक्ष वैद्यको साथमा उहाँकी पत्नी सुष्मा र विदेश विभाग प्रमुख इन्द्रमोहन सिग्देल र उहाँकी पत्नी १० दिने भ्रमणका लागि त्यसतर्फ जान लाग्नुभएको हो ।
नयाँ पार्टीको अध्यक्ष भएपछि वैद्यको यो पहिलो विदेश भ्रमण हो । गत असार १६ गते नेपाल भ्रमणका आउनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री आई पिङको निमन्त्रणामा आफूहरु चीन जान लागेको सिग्देलले बताउनुभयो । पोलिटब्युरो सदस्य सिग्देलका अनुसार बेइजिङ बसाइको क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका विभिन्न तहका नेताहरुसँग भेटघाट तथा विभिन्न ठाउँको भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !