एकीकृत माओवादीको केन्द्रीय समिति बैठक आज सकिने

http://sindhulidarpan.blogspot.com/2012/07/news_3127.html
काठमाण्डौ,असार ३१ ।
एकीकृत माओवादीको केन्द्रीय समितिको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदन परिमार्जन गर्ने सुझाव एकीकृत गर्दै आज सकिने भएको छ । विहान ११ बजेपछि पार्टी कार्यालय कोटेश्वरमा सुरु हुने बैठकमा बोल्न बाँकी केन्द्रीय सदस्यहरुले अध्यक्षको प्रतिवेदनको बारेमा आआफ्नो धारणा राख्ने भएका छन् ।
अध्यक्ष प्रचण्डको दस्तावेज अधुरो रहेकोभन्दै पोलिटव्युरो सदस्य राम कार्की, स्वनाम साथी तथा केन्द्रीय सदस्य रामरिजन यादवले असन्तुष्ट समूहको नेतृत्व गर्दै छुट्टाछुट्टै फरक प्रस्ताव बुझाउनु भएको छ । एकीकृत माओवादीको विस्तारित बैठक भोलिदेखि राजधानीमा सुरु हुने भएकोले आज केन्द्रीय समितिको बैठक सक्ने तयारी भएको माओवादीले जनाएको छ । अध्यक्ष प्रचण्डले केन्द्रीय समितिमा पेस गरेको राजनीतिक प्रस्तावमा पार्टी नेतृत्वमा शक्ति केन्द्रिकृत गर्ने र पार्टी अन्तरसङ्घर्षमा कडाई गर्ने उल्लेख गरेपछि केही नेताहरुले असहमति जनाएका हुन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !