दुइ कोठे भवन निर्माण सम्पन्न


ध्रुवचन्द्र खड्का, सिन्धुली असार ३१ 

सिन्धुलीको नेत्रकाली गाविसको नेत्रकाली प्रावि वेलवोटको दुइ कोठे भवन निर्माण कार्य सम्पन्न भएको छ । जिल्ला शिक्षा कार्यालय सिन्धुलीको ७ लाख ५० हजार, स्थानिय जनश्रमदान १ लाख ५० हजार र गाविसको १५ हजार गरि जम्मा ९ लाख १५ हजारमा दुई कोठे शौचालय सहित विद्यालयको भवन निर्माण कार्य सम्पन्न भएको हो ।

शौचालय निर्माण हुनु अघि उक्त विद्यालयका शिक्षक तथा विद्यार्थीहरुका लागि कुनै पनि शौचालयको व्यवस्था नभएको वताउँने उनिहरु र्शाचालय निर्माण पश्चात निकै हर्षित भएका छन् । विद्यालयमा १ देखि ५ कक्षासम्मका गरि करिव २०० जना विद्यार्थी अध्ययनरत छन् । समस्या र असुविधाले ग्रस्त प्रावि वेलवोटमा शौचालयसंगै भवन निर्माण भएपछि विद्यार्थी, अभिभावक तथा शिक्षकहरु निकै उत्साहित भएका छन् ।   

Related

स्थानिय 4468525796979155267

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item