पुर्वाञ्चल खेलकुदको उपाधी मोरङलाई

http://sindhulidarpan.blogspot.com/2012/07/sports_15.html
ऋषि राई,उदयपुर,असार ३१ ।
पूर्वाञ्चल क्षेत्रिय प्रतियोगीततको शनिवार भएको फाईनल खेलमा मोरङले उपाधी हात पारेको छ । १८ स्वर्ण, १८ रजत र ३६ कास्य पदकका लागि भएको प्रतियोगितामा मोरङलेले स्वर्ण सात, रजत सात, कास्य पदक तीन हात पार्दै क्षेत्रिय प्रतियोगिताको उपाधी चुमेको हो । त्यस्तै इलामले स्वर्ण तीन, रजत दुई, कास्य एक गरी दोस्रो उपाधीको रक्षा गरेको छ । प्रतियोगितामा सुनसरीले स्वर्ण दुई, रजत सात र कास्य तीन गरी तेस्रो स्थान ओगटन सफल भएको छ ।
प्रतियोगिता अन्र्तगत तेक्वान्दो, उसू र टेवुल टेनिसका बिभिन्न समुह चरणका खेलहरु भएका थिए । प्रतियोगिताको उसु खेलको ५६ केजि तौल समुहको महिला तर्फ इलामका जुनी राई पहिलो, झापाका निशा राई दोस्रो, धनकुटाका रोजिना राई र संखुवासभाका मनिता राईले तेस्रो स्थान ओगटन सफल भएका छन ।
यसैगरी महिला तर्फकै ५२ केजिमा इलामका रञ्जना राई पहिलो, मोरङका मनिषा चौधरी दोस्रो, भोजपुरका शर्मिला राई र झापाका कन्चन राई तेस्रो भएका छन । महिलाकै ४८ केजि तौलमा ताप्लेजुङका रोशनी राई पहिलो, धनकुटाका सरिता मोक्तान दोस्रो, भोजपुरका अकिला राई र झापाका चण्डिका राई तेस्रो भएकाछन ।
त्यसैगरी उसु खेलकै ६० केजि तौल समुहको पुरुष तर्फ सुनसरीका पदम राई पहिलो, मोरङका सर्घषशिल राई दोस्रो, उदयपुरका अशेष तामाङ र भोजपुरका नविन राई ते्रसो भएकाछन । ५६ केजि तर्फ संखुवासभाका सलमान धिमाल पहिलो, मोरङका जयकुमार राई दोस्रो, इलामका दिपक पौडेल र भोजपुरका सन्तोष राईले तेस्रो स्थान हात पार्न सफल भएकाछन ।
पुरुष तर्फकै ५२ केजिमा सुनसरीका ओमकुमार थापा पहिलो, उदयपुरका दिपेश राई दोस्रो, इलामका पृथ्वीराज गुरुङ र भोजपुरका मुमक राई तेस्रो भए । ४८ केजि तर्फ मोरङका अशोक ल्यातोष राई पहिलो, संखुवासभाका सन्दिप इसाम दोस्रो, धनकुटाका निशान राई र सप्तरकिा मनोज खनालले ते्रसो स्थान ओगटन सफल भए ।
यसैगरी तेक्वान्दो प्रतियोगिताको महिला ५ १ केजि समुह तर्फ मोरङका यशोधा खड्का पहिलो, बिन्ध्या राई दोस्रो, पाँचथरका पार्वता थापा र धनकुटाका सृजना विकले तेस्रो स्थान ओगटे ।
४७ केजि समुहमा धनकुटाका बिनिता तामाङ पहिलो, सुनसरीका अनिता राई दोस्रो, पाँचथरका बसन्ती लिम्बु र झापाका मेनुका धिमालले तेस्रो स्थान ओगटेकाछन । ४३ केजि तर्फ सिराहाका सन्ध्या सिंह पहिलो, सुनसरीका निर्मला श्रेष्ठ दोस्रो, सप्तरीका अविना राई र भोजपुरका सुजा राउत तेस्रो भएकाछन ।
त्यस्तै तेक्वान्दोकै पुरुष ५८ केजि तौल समुहमा इलामका मुकेश राई पहिलो, सुनसरीका गणेश बोगटी दोस्रो, सप्तरीका जयवहादुर खड्का र उदयपुरका सविन समाल मगर तेस्रो भएकाछन । ५४ केजि समुहमा मोरङका नेत्रबहादुर कार्की पहिलो, सुनसरीका अर्जुन सुनवार दोस्रो, भोजपुरका सुमन खड्का र उदयपुरका दलबहादुर मगर तेस्रो भए ।
५० केजि तौलमा धनकुटाका रोशन खड्का पहिलो, इलामका युगल प्रधान दोस्रो, सिराहाका संगम लामा र सप्तरीका सविन तामाङ तेस्रो भएकाछन । ४६ केजिमा सिराहाका रामवरण यादव पहिलो, मोरङका मंगलसिं तामाङ दोस्रो, धनकुटाका राजन थापा मगर र उदयपुरका युवराज खड्का तेस्रो स्थात हात पार्न सफल भएकाछन ।
यसैगरी टेवल टेनिस तर्फको महिला सिङलमा मोरङका मेघा केशी पहिलो स्थानको उपाधी चुम्न सफल भएकी छिन । उनले प्रतिसपर्धी इलामका निशा श्रेष्ठलाई ११–५, १०–१२, ११–९ र ११–१६ गरी ३–१ ले पछि पारेकी हुन ।
महिला डवल्स तर्फ मोरङकै मेघा केशी र सतिना राईको जोडि पहिलो स्थान ओगटन सफल भएको छ । केशी र राईको जोडीले सुनसरीका गिता भुजेल र दिपिका दाहालको जोडीलाई ११–८, ७–११, ११–६, ८–११ र ११–५ गरी ३–२ ले पछि पारेको हो ।
त्यसैगरी पुरुष सिङल तर्फको खेलमा मोरङका सन्तोष काफ्लेलले पहिलो स्थान ओगटेकाछन । उनले प्रतिसपर्धी मोरङकै करण राईलाई ११–९, १२–१०, ६–११ र ११–७ गरी ३–१ ले हराएका हुन ।
त्यस्तै पुरुष डवल्स तर्फ मोरङका सन्तोष काफ्ले र करण राईको समुहले उपाधी रक्षा गरेको छ । काफ्ले र राईको समुहले सुनसरीका गणेश तामाङ र सुवोध लिम्वुको जोडीलाई ११–९, ११–७ र ११–८ गरी ३–० को सोझो सेटको भारी नम्वरले पछि पारेको हो ।
विजेता सबै खेलाडीलाई समापन समारोहमा नगद, पमाणपत्र, मेडले सम्मान गरिएको थियो । पुर्वाञ्चल खेलकुद विकास समितिको आयोजना तथा जिल्ला खेलकुद विकास समितिको संयोजनमा भएको प्रतियोगितामा पुर्बाञ्चलका खोटाङ्ग, सोलुखुम्वु र ओखलढुङ्गा बाहेक १३ जिल्लाका खेलाडीहरु सहभागि रहेको थियो ।
खेलको उद्घाटन शुक्रबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब युवराज लामाले गरेका थिए । त्रियुगा उच्च माबि गाईघाटमा सञ्चालन गरिएको प्रतियोगीतमा महिला र पुरुष समुह गरि २ सय ३५ जना खेलाडीको सहभागी भएका थिए ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !