लागु औषध नियन्त्रणमा युवा

विराटनगर,असार ३१  । युवाहरुलाइ लागु औषधको असरका बारेमा जानकारी गराइ यसबाट जोगिने उपाय छलफल गर्ने उद्देश्यका साथमा डिथ्रि युथले एक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

 कार्यक्रममा युवाहरुलाइ रिचमण्ड फिलोसिपका प्रोग्राम कोअर्डिनेटर दिनेश बस्नेत, वाउटरिच कोअर्डिनेटर सुनिल थापा, डिथ्रि युथका सल्लाहकार पवन भट्टराईले लागु औषधको असर र यसबाट जोगिने उपायका बारेमा जानकारी गराएका थिए । 

कार्यक्रम पुर्वाञ्चल विश्वविद्यालयको सभाहलमा आयोजना गरिएको थियो । संस्थाका अध्यक्ष सुमन खड्काको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको संयोजना रुपेश बस्नेतले गरेका थिए । कार्यक्रममा ४० जना युवाहरुको सहभागिता रहेको अध्यक्ष खड्काले बताए ।

Related

विविध 3059957012547725281

2 commentsDefault Comments

  1. लागुऔषध विरुद्ध नै युवा लागेपछि नियन्त्रणम त कमि आईनै हाल्छनी , यस्ता कामकोलागी मेरो प्रोत्साहन छ । विवेक युकवाट ।

    ReplyDelete

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item