सर्वधारणले भेटे तपस्बी बोम्जनलाई


ध्रुवचन्द्र खड्का,सिन्धुली,असार ३० । 
बाराको हलखोरिया जंगलवाट तपस्या पूरा गरि सिन्धुली आएका तपस्वी राम वहादुर बोम्जनलाई सिन्धुलीका विभिन्न संघ सँस्थाका प्रमुख तथा प्रतिनीधि लगायत सर्वसाधारणले शनिवार भेट गरेका छन् । भेटका क्रममा तपस्वी बम्जनमाथि लगाइएका सम्पूर्ण आरोपहरु झुट्टा रहेको उनका अनुयायीहरुले वताकाछन्  । उहाँलाइ विदेशी महिलालाई २ महिना थुनामा राखेको, बाराका पत्रकारहरुमाथि आक्रमण  गरिएको तथा बाराको जंगलवाट भागेर सिन्धुली आएको भन्ने आरोपहरु अतिरन्जित र भ्रामक भएको समेत तपस्वीका सहयोगीहरुले वताएका छन् ।
आगामी भदौको दोश्रो हप्तामा सिन्धुलीमा प्रवचन कार्यक्रम गर्ने समेत वताइएको छ । विभिन्न जातीय र धार्मिक संघ संस्थाहरुले बोम्जनको सुरक्षाको माग गरीरहेका छन् । बोधि श्रवण धर्म संघ, नेपाल तामाङ घेदुङ, उर्गेनछ्योइलिङ् गुम्बा, कर्मसम्तेलिङ गुम्बा, विश्व शान्ति महाबौद्ध गुम्बा र नेपाल आदीबासी जनजाती महासंघले काठमाण्डौमा पत्रकार सम्मेलन गरि तपस्वी बम्जनको तपस्या भंग नहुने गरी सुरक्षा दिन सरकारसँग माग गरेका छन् । 
जातीय संगठनहरुले प्रधानमन्त्री र बन तथा भु–संरक्षणमन्त्रीलाई समेत सुरक्षासहितका पाँचवटा माग सहितको ज्ञापन पत्रसमेत यसअघि बुझाईसकेका छन् । उनीहरुले बोम्जनले तपस्या गरेको हलखोरिया जंगलमा निर्माण भएका गुम्बा लगायतका धार्मिक संरचना भत्काएको घटना अन्तरिम संविधानको धर्मनिरपेक्षताको भावना विपरित, अन्तर्राष्ट्रिय श्रम संगठन महासंन्धी १६९ र संयूक्त राष्ट्र संघको घोषणा विपरित रहेको भन्दै त्यसको घोर भत्र्सना समेत गरेका छन् ।
तपस्वी बमजन हलखोरिया जंगल छाडेर सिन्धुलीको कमलामाई नगरपालिका ७ स्थीत कालिखोला जगंलमा सरेको विषयलाई अतिरञ्जित रुपमा प्रचार गरिएकोमा आपत्ति प्रकट गर्दै ती संगठनहरुले शान्ती स्थापनाको खोजीमा बोम्जन सरेको समेत स्पष्ट पारेका छन् ।  


Related

स्थानिय 1439251568694793283

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item