पुर्नस्थापनै भएका छैनन् सिन्धुलीका वाणिज्य वैंक

http://sindhulidarpan.blogspot.com/2012/07/news_883.html
ध्रुवचन्द्र खड्का,सिन्धुली , असार ३० ।
१० वर्षे शसस्त्र द्धन्द्धको समयमा विस्थापित भएका सिन्धुलीका ग्रामिण वैंकहरु पुनःस्थापना नहुँदा जिल्लावासिहरुलाई समस्या भएको छ । सुरक्षाको कारण देखाउँदै विस्थापित भएका जिल्लाका कपिलाकोट र कमलामाई नगरपालिका अन्तरगत भिमान स्थित बाणिज्य बैकका शाखाहरु अझैपनि पुनस्थापना हुन सकेका छैनन् ।
स्थानिय उपभोक्ताले सामान्य वचत, भुक्तानी, तलब भत्ता, पेन्सन लिन तथा वाहिर रकम पठाउन समेत सदरमुकाम धाउनुपर्ने बाध्यता यथावतै छ । वाणिज्य वैंकको शाखा नहँुदा शिक्षक, कर्मचारी लगायत स्थानीय सर्बसाधारणलाई बैंकिङ् कारोवारका लागि सास्ती भएको छ ।
सिन्धुलीमा जिल्ला शाखा बाहेक ३ स्थानमा शाखाहरु सञ्चालनमा रहेका थिए । २०५९ साल बैशाख १९ गते असुरक्षाका कारण त्यहाँका शाखाहरु सिन्धुली सदरमुकाममा मात्र सिमित भएका छन् । भत्किएका वैंकका शाखाहरु चाँडै नै पुनस्थापना गर्ने प्रयासमा रहेको बाण्ािँज्य बैंक शाखा सिन्धुलीका प्रवन्धक फौदबहादुर सुनुवारले वताए ।
जिल्ला शाखामा पनि कारोवार गर्न गार्हो भएको वताउँदै उनले भने ‘शाखामा पनि एकलौटी सवैक्षेत्रको काम गर्न कठिन छ तसर्थ सकेको चाँडो वैंक पुनःस्थापना गर्ने प्रयासमा छौँ ।’ जिल्लाको व्यापारिक क्षेत्रको रुपमा रहेका चकमके, भिमान तथा कपिलाकोट क्षेत्रमा वैंकका शाखाहरु नहुदा त्यहाँका मानिसहरुले सदरमुकाम धाउनुपर्ने वाध्यता जीउँका तिउँ छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !