सरकारले देशलाई गम्भिर संकटमा लादैछ:खनाल

http://sindhulidarpan.blogspot.com/2012/07/news_2382.html
सुरेश बिडारी, सर्लाही ,असार ३० ।
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले वर्तमान सरकारले मुलुकलाई गम्भिर संवैधानिक संकटको स्थितिमा लगिरहेको आरोप लगाउनु भएको छ । मुलुकमा आर्थिक तथा राजनीतिक संकट रहेकै समयमा जेठ १४ बाट वर्तमान अधिनायकवादी सरकारले संवैधानिक संकट ल्याएको खनालले बताउनुभयो ।
प्रेस चौतारी नेपाल सर्लाहीले आज लालबन्दीमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष खनालले मुलुकलाई मुठभेडको अवस्थाबाट शान्तिको अवस्थामा ल्याउन देशका लोकतान्त्रिक शक्तिहरु लागि परिरहेको बताउनुभयो । एमाले पार्टीका जनजाती नेताहरुले राखेको असन्तुष्टीका बारेमा पार्टीमा छलफल भैरहेको खनालले जानकारी दिनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !