मृतकका परिवारलाई तामाङ समाज ईजरायलको आर्थिक सहयोग

काठमाण्डौ,असार ३० । 
काठमाडौंको वबरमहलमा भएको बम विस्फोटनमा परि मृत्यु भएका मृतकका परिवारहरुलाई ‘नेपाल तामाङ समाज, ईजरायल’ले आर्थिक सहयोग गरेको छ । समाजका महासचिव श्याम योञ्जन तामाङले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरि मृतकहरु कृष्णबहादुर तामाङ, वीरबहादुर तामाङ र मानबाहादुर तामाङका परिवारलाई जनही रु तिस हजार सहयोग गरेका हुन् । यसै गरि समाजले न्युन आर्थिक अवस्थाका बाबजुद पिसियल नर्सिङ कोष एवं उच्च शिक्षा अध्यन गरिरहेकी रामेछाप बेथानकी अञ्जली दोङ तामाङलाई तेत्तिस हजार सहयोग गरेको छ । 

अध्यन, रोजगार, व्यापार र अन्य विभिन्न कारणले ईजरायल पुगेका नेपालीहरुको यो संगठनले यस अघि कुवेतबाट अर्ध चेत अवस्थामा नेपाल फर्केकी शान्तिमाया दोङ तामाङ लाई उपचार खर्च पचास हजार  सहयोग गरेको थियो । यसै गरि समाजले शिक्षा, स्वास्थ्य, संस्कृतिक सुधार लगाएत क्यान्सर पिडितहरुलाई समेत आर्थीक सहयोग गरीसकेको छ । महासचिव तामाङले भने ‘हाम्रो संगठन मानविय सेवामा समर्पित सामाजीक संस्था हो, विदेशमा रहे पनि मुलुकप्रतिको कर्तव्यबोध हामीमा सदैव रहिरहने छ ।’

कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले मानवीय संवेदनाका आधारमा दुखमा परेकाहरुलाई सहयोग गर्न सबैमा अनुरोध गरेका छन् । उहाँले भन्नुभयो  ‘विदेशमा रहेर दुख जीलो गरि कमाएको पैसाले यस्तो पवित्र कार्य गर्नु स्राहै सराहनिय छ ।’ धमलाले भन्नुभयो ‘बम विस्फोटनमा परि अनाहकमा ज्यान गुमाउन पुगेका निर्दोष व्यक्तिका परिवारको शिक्षा दिक्षामा सरकारले विशेष ध्यान पुया¥उनु पर्छ ।’ धमलाले मृतकका छोरा–छोरीको पठन–पाठनका लागि दश हजार आर्थीक सहयोग गरेका छन् ।
कार्यक्रममा अञ्जली दोङ तामाङले आफु जस्ता निम्न स्तर भएकाहरुलाई आर्थीक सहयोग गरेर ‘नेपाल तामाङ समाज, ईजरायल’ले अध्यनमा हौसला बढाएको बताईन ।  

कार्यक्रममा उपस्थित बम विस्फोटनमा परि घाईते भएकाहरुले पनि सहयोगको अपेक्षा गरेका थिए । समाजले उनीहरुलाई पनि आगामी दिनमा महत्वपुर्ण सहयोग गर्ने योजना बनाएको महासचिव तामाङले बताउनुभयो । कार्यक्रमको संयोजन एवं व्यवस्थापन गरेका ग्लोबल टाइम्स नेपाल मासिकका ताराकुमार लामाले विदेशमा रहेका नेपालीहरुले गरेको पवित्रले आफु भाव विभोर भएको बताउनुभयो  । 

Related

प्रमूखखबरहरु 1789199677980881210

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item