छोरा अस्विकार गर्नेविरुद्ध उजुरी

http://sindhulidarpan.blogspot.com/2012/07/news_3854.html
खलङ्गा,असार ३०। महिनादिन अघि जन्मेको छोरा लोग्नेले अस्वीकार गरेपछि बैतडी भूमिराजकी एक युवतीले प्रहरीमा उजुरी गरेकी छिन् । भुमिराज–८ की २१ बर्षिया कमला खडायत साउदले गत जेठ ९ गते जन्माएको छोरा २२ बर्षिय लोग्ने कमल साउदले स्वीकार नगरेपछि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन आएको बताउनुभयो ।
‘आफँैले जन्माएको छोरा मेरो होइन भनेर मलाई अलपत्र पार्न खोजेको छ’ लोग्ने विरुद्ध प्रहरीमा उजुरी गर्न आएकी कमलाले भनिन– ‘आफ्नै छोरा नस्वीकारेपछि प्रहरीको शरणमा आएकी हुँ ।’ छोराको विषयमा विवाद भएकाले अभिभावकसहित जिल्ला प्रहरी कार्यालयमा आएका साउद दम्पतीलाई गाउँमै कुरो मिलाउने वा अदालत जाने सल्लाह दिंदै फर्काइदिएको बैतडीका प्रहरी नायव उपरीक्षक विश्णुबहादुर कार्कीले बताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !