ब्लु फिल्म देखाएर बाबुले गरे ११ बर्षिया छोरीको बलात्कार

http://sindhulidarpan.blogspot.com/2012/07/news_1836.html
मुत्यु दण्ड दिएपनि कम हुने बालिकाकी आमा
काठमाडौं,असार ३० । अधिकांस बाबुले छोराछोरी नराम्रो नियतमा लागेका भएपनि सम्झाएर असल बन्न र सहि बाटोमा ल्याउने प्रयास गर्छन तर इटहरीमा एक बाबुले भने आफ्नी ११ बर्षिय अबोध बालिकाको पटक–पटक ब्लु फिल्म देखाउदै बलत्कार गरेका छन ।
इटहरी ४ मा डेरा गरी बस्ने ३५ बर्षिय पुर्ण लिम्बुले श्रीमती नभएको मौका छोपि आफ्नी छोरीलाइ ६ बर्षदेखि मोबाइलमा रहेको ब्लु फिल्म देखाउदै यस्तो गर्नुपर्छ भन्दै यौन शोषण गर्दै आएका थिए ।
शुक्रबार इलाका प्रहरी कार्यालयमा आमासँगै भेटिएकी बालिकाले यौन पिपाषु बाबु लिम्बुले आफुलाइ ६ बर्षको उमेर देखिनै योनीमा आफ्ना हातका औला कोचारी दिने, स्तन खेलाउने र यस्तो नगरौं बाबा भन्दा कसैलाइ भनिस भने मारिदिन्छु भनेर धम्कि दिएको पनि बालिकाले खुलासा गरिन । विहिबारका दिन छोरीले खाना खान नमान्ने पटक–पटक पेट दुख्यो भन्ने र बान्ता समेत गरेपछि आमाले के भयो भनेर फकाएर सोध्दा आफुलाइ बाबुले बर्षौदेखि बलात्कार गर्दै आएको भनेर बताएको बालिकाकी आमाले बताइन ।
बालिकाको यस्तो कुरा सुनेर छाँगाबाट खसेजस्तो भएकी आमाले तत्काल इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएकी थिइन । उनको उजुरीको आधारमा इलाका प्रहरी कार्यालयले पुर्ण लिम्बुलाइ पक्राउ गरेको हो ।
इटहरी बजारको जय नेपाल होटलमा कार्यरत लिम्बुले दैनिक रक्सी खाएर आउने श्रीमतीले बताइन । “दिनभरी काम गरेर थाकेर आउछ, खावोस खाएपनि भने तर यो पापीको सोँच त यस्तो पो रहेँछ, छोरीलाइ बलात्कार गर्ने” श्रीमतीले बताइन ।
आफ्नै छोरीमाथी बलात्कार गर्ने बाबुलाइ मुत्युदण्ड दिएपनि कम हुने उनले बताएकीछन । श्रीमानको होटलको कमाइले मात्र तीन छोराछोरीको लालनपालनमा समस्या परेपछि आफु पनि उसलाइ सहज होस भनेर मजदुरीमा लागेको बताउछीन बालिकाकी आमा ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरिक्षक सागरका थापाका अनुसार यौन पिपासु बाबुले आफुले छोरीको बलात्कार गरेको स्विकारेका छन । छोरीको स्वास्थ्य परिक्षणको रिर्पोट आउनासाथ निजलाइ कानुनी कार्बाही अघि बढाइने पनि बताइएको छ । बालिकाको स्वास्थ्य परिक्षणको लागि शुक्रबार नै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको थियो ।
sala gadha...teslai ta sidhai jhunaunu par6..
ReplyDelete