जनकपुर अञ्चल स्तरीय दौड सर्लाहीमा


सर्लाही,असार ३० । 
नेपाल खेलकुद महासंघ सर्लाहीको आयोजनामा लालबन्दीमा अञ्चल स्तरीय दौड प्रतियोगिता सम्पन्न भएको छ । सर्लाहीको नेत्रगंन्जदेखि लालबन्दीसम्मको चार किलोमिटरको दुरीमा दौडप्रतियोगीता गराईएको आयोजकले जनाएको छ । जिल्ला भरीका २ सय ५० जना खेलाडीहरुको प्रतियोगितामा सहभागिता थियो । आज भएको दौड प्रतियोगीतमा नेत्रगंन्जका मनोहर पासवान प्रथम, मनोहर चौधरी द्वितिय, अक्षय पासवान तृतिय हुनु भएको छ ।

 विजयी खेलाडीहरुलाई खेलकुद माहासंघका केन्द्रीय अध्यक्ष पुरुषोत्तम पौडेलले पुरस्कार वितरण गर्ने कार्यक्रम छ । कार्यक्रममा नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल पनि सर्लाहीको लालबन्दी आउनुहुने भएको छ । जिल्ला भरीका खेलाडीहरुको मनोवल उच्च बनाउन र समसामयिक राजनीतिको बारेमा जानकारी दिनका खनाल सर्लाही आउन लागेको एमाले सर्लाहीले जनाएको छ ।


Related

प्रमूखखबरहरु 4174497805090359473

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item