सामुहिक बलत्कारको मुद्दामा ११ वर्ष कैदको फैसला

http://sindhulidarpan.blogspot.com/2012/07/news_5730.html
कपिलवस्तु,असार ३० ।
एक किशोरीलाई सामूहिक बलत्कार गरेकामा कपिलवस्तु जिल्ला अदालतले ५ जनालाई ११ बर्ष कैदको फैसला गरेको छ । जिल्ला न्यायधिश रामप्रसाद खनालको एकल ईजलाशले उनीहरलाई कैदसहित पीडित युवतीलाई जनही ५० हजार भराई पाउने फैसला गरेको हो । मुलकी ऐनको जबरजस्ती करणी महल अनुसार फैसला गरिएको हो ।
बाणगंगा गाविस– ७ का ईश्वर केसी, सुजित थापा, वीरेन्द्र नायक क्षेत्री, अञ्जन थापा, तथा गजेहडा – ७ का मनिस खाँडले २०६७ वैशाख १ गते जंगलमा गंगा राना ( परिवर्तित नाम )लाई सामुहीक बलकात्कार गरेका थिए । ती युवतीको किटानी जाहेरीका आधारमा उनीहरु पक्राउ गरिएको हो । मुद्दाका रवि भन्ने मोहन भाट क्षेत्रीसहित अन्य ५ जना भने फरार रहेका छन् । उनीरुको अदालतले अंश रोक्का गरेका जनाएको छ । स्थानीय मनिष खाँड १६ बर्ष मुनीका भएकाले अदालतले साढे पाँच वर्षको कैद तोकेको थियो । सो मुद्दामा पक्राउ परेका स्थाानीय मोहन केसीले भने सफाई पाएका थिए ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !