अन्तरजातिय विवाहको विषयलाई लिएर धादिङ बन्द


धादिङ,असार ३० । 
धादिङको पिंडामा भएको अन्तरजातीय विवाहको विषयलाई लिएर आज धादिङ बन्द गरिएको छ । दलितहरुमाथि गैर दलितहरु आक्रमणमा उत्रिएपछि आन्दोलित भएका धादिङका दलित समुदायले दोषी माथि कारवाहीको माग गर्दै  धादिङ बन्द गराएका हुन् । गैर दलितहरुको आक्रमणबाट विस्थापित भएका पिंडाका दलितहरुलाई न्याय दिलाउन सहयोग गर्ने उद्देश्यले गठित संयुक्त संघर्ष समितको अगुवाईमा धादिङ बन्दको आह्वान गरिएको हो । बन्दका कारण जिल्ला सदरमुकाममा यातायात ठप्प छ भने, पसलहरु फाट्ट–फुट्ट खुलेका छन् । बन्दको प्रभाव पृथ्वी राजमार्गमासमेत परेको छ ।

 आन्दोलनमा नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा, नेपाल दलित संघ, नेपाल उत्पीडित जातिय मुक्ति समाज, दलित सेवा संघ, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ धादिङ र उत्पीडित दलित तथा बालबालिकाको लागि सहायता केन्द्रलेसमेतले ऐकेवद्धता जनाएका छन् । स्थानीय सम्झना सुवेदी र नवराज सुनुवारबीच भएको अन्तरजातीय विवाहका विषयलाई लिएर यहि असार १९ गते स्थानीय गैर दलितहरुले आक्रमण गरेपछि पिंडाका १० घर दलित समूदाय आतङ्कीत बनेका थिए । 

Related

विविध 4540283272595612146

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item