माओवादी अध्यक्ष वैद्य चिन जादै


काठमाण्डौ,असार ३० । 
नवगठित नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य भोलि चीन जाने हुनुभएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा उहाँ भोली त्यसतर्फ जान लाग्नुभएको हो । अध्यक्ष वैद्यलाई चीन भ्रमणमा पठाउने बारेमा आज अनौपचारिक छलफल गरेर निर्णय गरिएको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । 

 नेकपा–माआवादी पार्टीको अध्यक्ष बनेपछि वैद्यको यो पहिलो विदेश भ्रमण चीनमा हुन लागेको हो । वैद्यसंगै पार्टी विदेश विभाग प्रमुख इन्द्रमोहन सिग्देल पनि चीन जाने कार्यक्रम तय गरिएको प्रवक्ता भुसालले जानकारी दिनुभयो । दुई देशका कम्युनिष्ट पार्टीबीचको सम्बन्ध विस्तार तथा पार्टी विभाजनपछिको अवस्था बारे चिनियाँ कम्युनिष्ट नेताहरुसंग छलफल हुने उहाँले जानकारी दिनुभयो ।

Related

राष्ट्रिय 6114734090802368914

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item