आफ्नै छोरीलाई जबर्जस्ती ....



ऋषि राई,उदयपुर,असार  २९ ।
आफ्नै छोरीलाई जबर्जस्ति गर्न खोज्ने बाबु प्रहरीको फन्दामा परेका छन्  । उदयपुरको मैनामैनी ९ का ५० बर्षीय निर्मलशिङ्ग राईले आफ्नै १५ बर्षीय छोरी फूलकुमारी राई (नाम परिवर्तन) लाई जबर्जस्ति गर्न खोज्दा शुक्रवार  बिहान ९ बजे आपत्ति जनक अवस्थामा गाउँलेहरुले पक्राउ गरि प्रहरीलाई जिम्मा लगाएका छन् । 

घरको परिवार मेलामा गएको बेला आफुलाई रक्सि खाएको बाबाले घरैमा जबर्जस्ति गर्न खोजेको पीडित छोरीले बताएकी छिन् । उता जबर्जस्ति गर्न खोज्ने बाबु राईलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएको प्रहरी निरिक्षक श्रीकृष्ण पौडेलले बताउनुभयो  ।

Related

विविध 4403056883478840687

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item