सिन्धुलीमा व्रोइलरको भाउ वढ्यो

http://sindhulidarpan.blogspot.com/2012/07/news_3692.html
ध्रुवचन्द्र खड्का,सिन्धुली,असार २९ ।
सिन्धुलीमा ब्रोईलर कुखुराको मासुमा मूल्य वृद्धि भएको छ । दाना,चल्ला र औषधीमा भएको बृद्धीसँगै मासुको मुल्यमा समेतबृद्धी भएको कुखुरा पालक व्यवसायि संघ सिन्धुलीका अध्यक्ष रमेश कार्कीले जानकारी दिनुभयो ।
केही समय अगाडी दाना, चल्ला र औषधिमा १५ प्रतिशतले मुल्य वृद्धि भएपछि मासु र कुखुराको पनि मुल्य वृद्धि गर्नु परेको व्यवसायीहरुको भनाई रहेको छ । उद्योग बाणिज्य संघ सिन्धुली, जिल्ला पशुसेवा कार्यालय सिन्धुली, मासु व्यवसायी संघ सिन्धुली, कुखुरा पालक व्यवसायि संघ, कुखुरा सप्लायर्स लगाएतको संयुक्त बैठकले मासुको मुल्यमा वृद्धि गरेको हो ।
मुल्यवृद्धि सँगै २ सय २० रुपैंयामा कारोवार भएको ब्रोईलर कुखुराको मासुको मुल्य बढेसंगै २ सय ४० रुपैंयामा कारोवार भएको छ । जीउँदो कुखुराको खुद्रा मुल्य २० रुपैंया बढाई १ सय ९० र थोक १ सय ७० कायम गरिएको छ ।
तर जिल्लाका उपभोक्तहरु भने मासुको मूल्य वृद्धीसंगै मारमा पर्ने भएका छन् । सवै सामानको मुल्य आकासिँदै गएको वेला मासुको मुल्यमा पनि दिनप्रतिदिन वृद्धि हुँदै जाँदा अन्य व्यवसायिहरु पनि समस्यामा पर्ने भएका छन् । ‘अव त ग्राहकलाई मासु पनि खुवाउन नसकिने भैइयो’ होटल व्यवसायि धनमान तामाङ्ले भन्नुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !