तपस्वी बोम्जनको सुरक्षाको माग

http://sindhulidarpan.blogspot.com/2012/07/bamjan.html
काठमाडौ, असार २९ । विभिन्न जातीय र धार्मिक संघ संस्थाहरुले बाराको हलखोरिया जंगलमा लामो समय तपस्या गरेका तपस्वी रामबहादुर बोम्जनको सुरक्षाको माग गरेका छन् । बोधि श्रवण धर्म संघ, नेपाल तामाङ घेदुङ, उर्गेनछ्योइलिङ गुम्बा, कर्मसम्तेलिङ गुम्बा, विश्व शान्ति महाबौद्ध गुम्बा र नेपाल आदीबासी जनजाती महासंघले आज राजधानीमा पत्रकार सम्मेलन गरेर तपस्वी बम्जनको तपस्या भंग नहुने गरी उहाँको सुरक्षा दिन सरकारसँग माग गरेका हुन ।
ती जातीय संगठनहरुले प्रधानमन्त्री र बन तथा भु संरक्षणमन्त्रीलाई समेत सुरक्षासहितका पाँच वाट माग सहितको ज्ञापन पत्रसमेत यसअघि बुझाईसकेका छन् । उनीहरुले बोम्जनले तपस्या गरेको हलखोरिया जंगलमा निर्माण भएका गुम्बा लगायतका धार्मिक संरचना भत्काएको घटना अन्तरिम संविधानको धर्मनिरपेक्षताको भावना विपरित, अन्तर्राष्ट्रिय श्रम संगठन महासंन्धी १६९ र संयूक्त राष्ट्र संघको घोषणा विपरित रहेको भन्दै त्यसको घोर भत्र्सना समेत गरेका छन् ।
उनीहरुले बमजनको सुरक्षासहित, भत्काईएका पुर्नसंरचना पुर्ननिर्माण गर्नु पर्ने, धार्मिक संरचना भत्काउनेमाथि कारवाही गर्नु पर्ने, तपस्वीको आय ब्ययको हिसाव किताव समिति बनाई छानविन गर्नु पर्ने, हलखोरिया बनलाई धार्मिक बन घोषणा गरी विश्वसम्पदा सूचिमा सूचिकरण गर्नु पर्ने, बमजनका अनुयायी र भक्तजनहरुमाथि लगाएको बन फडानीको झुठा मुद्दा खारेज गर्नु पर्ने लगायतका माग पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका छन् ।
तपस्वी बमजन हलखोरिया जंगल छाडेर सिन्धुलीको कमलामाई नगरपालिका ७ स्थीत कालिखोला जगंलमा सरेको विषयलाई अतिरञ्जित रुपमा प्रचार गरिएकोमा आपत्ति प्रकट गर्दै ती संगठनहरुले शान्त स्थानको खोजीमा बोम्जन सरेको समेत स्पष्ट पारेका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !