काभ्रेमा राजमार्ग खुलाउन बल प्रयोग

http://sindhulidarpan.blogspot.com/2012/07/news_4299.html
प्रकाश सुन्दास, काभ्रे,असार ३१ ।
बसको ठक्करबाट मृत्यु भएका जिल्ला शिक्षा कार्यालय काभ्रेका स्रोत व्यक्ति डेगराज भट्टराईको परिवारलाई उचित क्षतिपूर्तिको माग राख्दै आज काभ्रेमा आमहड्तालको आह्वान गरिएपनि प्रहरीले बल प्रयोग गरेर यातायातका साधन खुलाएको छ । शिक्षकसँग सम्बन्धीत विभिन्न संघसंगठनहरुले संयुक्त विज्ञप्ति जारी गरी मागपुरा नभएसम्म आमहड्ताल जारी राख्ने बताए पनि प्रहरी प्रशासनले आफूहरुमाथि बलप्रयोग गरेर यातायातका साधन खुलाएको शिक्षक युनियन काभ्रेका अध्यक्ष नारायण तिमल्सिनाले बताउनुभयो । युनियनका अध्यक्ष तिमल्सिनाका अनुसार आज जिल्लाका सबै शैक्षिकसंस्था भने पूर्णरुपमा बन्द छन् ।
संघसंगठनहरुले विज्ञप्तिमाफर्त जिल्लाका सम्पूर्ण विद्यालय, जिल्ला शिक्षा कार्यालय, स्रोत केन्द्र, यातायात, बजार, कलकारखाना स्वस्फुर्त रुपमा बन्दगरी मागप्रति एक्यवद्धता जनाउन भनेका थिए । हड्तालका कारण अघिल्लो दिनको तुलनामा बिहान अरनिको र वीपी राजमार्गमा यातायातका साधन सञ्चालनमा आउन नसकेपनि अहिले स्थिति सामान्य बन्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमूख धनबहादुर श्रेष्ठले जानकारी दिनुभयो । स्रोतकेन्द्रको कामको सिलसिलामा आ–आफ्नो स्रोत केन्द्र जान पैदल हिडिरहनुभएका स्रोत व्यक्तिहरुलाई सहचालकले चलाएको हिमाल तराई यातायातको ना २ ख ५८९२ नम्बरको बसले बनेपा नगरपालिका–११ बुडोल स्थित शाखा सडकमा ठक्कर दिदाँ भट्टराईको घटना स्थलमै मृत्यु भएको थियो भने नवराज तिमल्सिना गम्भिर घाइते हुनु भएको छ । घाइते तिमल्सिनाको काठमाण्डु स्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । मृत्युको विषयलाई लिएर हिजो दिनभर पनि बनेपा क्षेत्र तनाव ग्रस्त बनेको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !