बाढीले सयौं विघा खेत कटान


बिमला पाण्डे,सिन्धुली,असार ३१ । 
सिन्धुलीका तीन ठूला नदि र केहि साना नदिहरुमा आएको बाढीका कारण सयौं विघा जमिन कटान गरेको छ । जिल्लाको चँदाहा नदीका कारण तीनपाटनका भिमस्थान गाविस र वेलघारी गाविस प्रभावित भएका छन् । शनिबार राती परेको पानीका कारण चदाहा नदिमा आएको बाढीले बेलघारी र भिमस्थान गाविसको सय विघा भन्दा बढी खेतियोग्य जमिन कटान गरेको छ । 

रोपाई गरिसकिएको खेत बगाएको हो । भिमस्थान गाविसको वडा नम्बर ३ र ४, बेलघारी गाविसको वडा नम्बर १, २ र ३ बढी प्रभावित भएका हुन । यस्तै गरि भिमस्थान गाविस वडा नम्बर ३ मा फेदीखोलाले २ परिवारको सबै जमिन बगाएको स्थानीयबासी प्रलाद पोखरेलले बताउनुभयो  । भिमस्थान ३ कदमेका विमल पोखरेल र दुर्गा मानान्धरको सबै जमिन बगाएको हो । बाढीका कारण झण्डै एक सय परिवारको जमिन कटानमा परेको हो । चदाँहामा बाढी आइरहेका कारण जमिन कटान भइरहेको स्थानीयबासीले बताएका छन् ।    
यसैगरि मरिण खोलाले कल्पवृक्ष, महेन्द्रझाडी, कपिलाकोट, महादेवस्थान, डाँडी गुराँसे, पिपलमाढीमा पनि कटान सयौं विघा उब्जनी हुने जमिन कटान गरेको छ । 

यस्तै गएराति परेको अविरल वर्षाका कारण बढेको कमला नदीले दुधौलीका सयौं किसानको खेतियोग्य जमिन कटान गरेको छ । कमला नदीले त्यस स्थानको २ सय किसानका १६ विघा खेत कटान गरेपछि किसानहरु चिन्तित बनेका छन । दुधौलीका सुकुमायाँ तामाङ, रामप्रसाद अधिकारी, रामबहादुर स्याङ्गतान लगायतको खेत कटान गरेको स्थानीय सुकुमायाँ तामाङले जानकारी दिनुभयो ।  

यस भन्दा अघि आएको बाढीले एक दुई विगाहा खेत कटान गरेपनि गए रातिको परेको पानीले भने कमला नदी बढेको र धेरै जमिन बगाएको तामाङले जानकारी दिइन । कमला नदिले जग्गा कटान गर्ने क्रम जारी रहेकाले स्थानीय बासिन्दा रुवावासी गरिरहेका छन । 

यस्तै सिथौंलीको ठाकुरखोलाले सिर्थौलीको ५, ६, ७ मा ५० औं विघा धानखेत बगाएको छ भने भर्खरै निर्माण सम्पन्न भएको बाँध बगाएको छ । संसद विकास कोष र स्थानीय योगदान गरि २ लाख ३४ हजार लागतमा निर्माण सम्पन्न भएको बाँध बगाएको भने नजिकै रहेको विद्युत ट्रान्समिटर बगाउन लागेको स्थानीयबासीले बताएका छन् । उक्त स्थानमा डोजरको प्रयोग गरि विद्युतको संरक्षण गर्ने प्रयास स्थानीयबासीले गरिरहेका छन् । 

Related

स्थानिय 7428667451108089177

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item