आजदेखि आङ्गीक क्याम्पस खुल्दै

http://sindhulidarpan.blogspot.com/2012/07/news_4339.html
काठमाण्डौ,साउन १ ।
एक वर्षदेखि बढेको तलब र पोसाकभत्ता उपलब्ध गराउन सरकारले सहमति जनाएपछि आजदेखि मुलुकभरका त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आङ्गीक क्याम्पस र अनुसन्धान केन्द्रहरू खुल्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घका सचिव नन्दकिशोर सिंहले सरकारको प्रतिबद्धतापछि आन्दोलन फिर्ता लिइएकोे जानकारी दिनुभयो ।
अर्थमन्त्री वर्षमान पुन, शिक्षामन्त्री दीनानाथ शर्मा, अर्थसचिव कृष्णहरि बाँस्कोटा, शिक्षासचिव किशोर थापा सहितका त्रिवि पदाधिकारीसँग भएको वार्तामा सरकारले तलबभत्ता उपलब्ध गराउन सहमत भएपछि आन्दोलन फिर्ता लिइएको सिंहले बताउनुभयो । सरकारले तलब भत्ताबापत लाग्ने रु ८० करोडमध्ये शिक्षा मन्त्रालयबाट रु ४० करोड र अन्य रकम शोधनान्तर गरी उपलब्ध गराउन लागेको हो । सङ्घले तलबभत्ता पाउनुपर्ने माग राख्दै गत बिहीबार र शुक्रबार मुलुकभरका ६० वटा आङ्गीक क्याम्पस र ४ अनुसन्धान केन्द्र बन्द गराउँदा पठनपाठन प्रभावित भएको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !