आजदेखि २२ जिल्लामा एकल खाता कोष प्रणाली लागू हुने


काठमाण्डौ,साउन १ । 

सरकारी कार्यालयहरूमा कोष प्रणालीको आधुनिक ढाँचा अवलम्बन गर्न आजदेखि थप २२ जिल्लामा एकल खाता कोष प्रणाली लागू हुने भएको छ । सरकारी कार्यालयहरूका नाममा रहेका बैँक खाताहरूलाई एकीकृत गरी जिल्लास्थित सबै सरकारी कार्यालयको कारोवार एकल खातामार्फत सञ्चालन गर्न यो प्रणाली लागू गर्न लागिएको महालेखा नियन्त्रक प्रतापकुमार पाठकले जानकारी दिनुभयो । कमीकमजोरी सुधार गरी आधुनिक कोष प्रणालीको अवलम्बनबाट वित्तीय एवम् खर्च व्यवस्थापन र नगद व्यवस्थापनको कार्यलाई सुदृढ, प्रभावकारी बनाउन एकल खाता प्रणाली लागुगर्न लागेको पाठकले बताउनुभयो ।

एकल खाता कोष प्रणाली लागू भएका जिल्लामा सरकारी कार्यालयको बजेट खर्च, राजस्व जम्मा तथा धरौटी कारोवार सम्बन्धित जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयका नाउँमा खोलिएका एकल खाताको माध्यमबाट सञ्चालन हुनेछ । २०६६ मङ्सिर १ गते भक्तपुर जिल्लाबाट लागू गरिएको यो प्रणाली हालसम्म ३८ जिल्लामा विस्तार भइसकेको छ । आजदेखि पाँचथर, तेह्रथम, सुनसरी, सप्तरी,सल्यान, प्यूठान, रोल्पा, दैलेख, डोटी, वैतडी लगायतका २२ जिल्लामा लागू गरिनेछ ।


Related

विविध 288344410299035058

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item