हराएका तामाङ मृत फेला
http://sindhulidarpan.blogspot.com/2012/07/news_6152.html
त्रिशुली,साउन ९ ।
साउन ३ गतेदेखि हराइरहनु भएका नुवाकोट जिल्ला भाल्चे गाविस ९ का २८ वर्षिया सुकबहादुर भनिने सुर्यबहादुर तामाङ मृत भेटिनुभएको छ । भाल्चे गाविसको जङ्गलमा फेला परेको उहाँको शव घाँटीमा काटिएको अवस्थामा फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरिक्षक प्रल्हाद अधिकारीका अनुसार प्रहरी घटनास्थलमा पुगिसकेको छ । शवको प्रकृति हेर्दा हत्याको अनुमान गरिएको पनि प्रहरीले जनाएको छ । शव बाटोभन्दा दुई सय मीटर तल पहरा मुनी आज विहान भेटिएको हो । घटना सम्वन्धमा प्रहरीले अनुसनधान सुरु गरेको छ । प्रहरीले अनुसन्धानका लागि केही मानिसलाई नियन्त्रणमा लिएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !