‘साडीमा सेक्सी देखिन्छु’-सोनिया


काठमाडौं, साउन  ९ । ‘सेक्सले महिला–पुरुषबीचको सम्बन्धलाई गाढा बनाउन मद्दत गर्दछ, त्यसैले सेक्स आवश्यक छ ।’ यो धारणा हो, मोडल सोनिया जिआरको । अहिले उनी कलाकारितामा भाग्य निर्माण गर्न कम्मर कसेर लागिपरेकी छन् । ग्ल्यामर क्षेत्रमा आउने आम नवप्रवेशीको जस्तै लक्ष्य छ उनको पनि– स्थापित नायिका बन्ने । त्यसो त उनी नवप्रवेशी होइनन्, कलाकारितामा केही वर्ष बिताइसकेकी छन् । चलचित्र इकु ब्याक अगेनमा अभिनय गरेपछि उनको उत्साह बढेको छ । सो चलचित्रमा आफूले सहनायिकाको भूमिका निर्वाह गरेको उनले बतइन् ।

सानो पर्दाका टेलिचलचित्रको अनुभव भने केही लामै सँगालिसकेकी छन् । तराई टिभीको गोलमाल टेलिशृंखलाले उनलाई परिचित गराइदियो । त्यही छविका कारण अहिले उनी निर्माता–निर्देशकको आँखामा पर्न थालेकी छन् । केही चलचित्रबाट अफर आइरहेको सुनाउँछिन् । ‘तर, अफर आउँदैमा झ्याम्म हाम फाल्दिनँ,’ उनी कारण खुलाउँछिन्, ‘अहिले कलाकारितामा विकृति पनि भित्रिएको छ, प्रवेशका बेला हतारो गरे नराम्ररी फस्न पनि सकिन्छ ।’
उनलाई अहिल्यै चलचित्रमा पूरै समय दिनुहुन्न भन्ने पनि लाग्दो रहेछ । म्यानेजमेन्ट विषय लिएर पढ्दै गरेकी उनले भनिन्, ‘अध्ययनलाई पनि त ध्यान दिनुपर्‍यो, पढाइ नसकी पूरै चलचित्रमै लाग्ने सोच छैन ।’ तर, अध्ययन भन्दैमा कलायात्रालाई पूरै ब्रेक लगाउने विचारमा पनि छैनन् उनी– ‘केही नभए म्युजिकभिडियोहरूमा चाहिँ अभिनय गरिरहन्छु ।’ आवश्यक प्रशिक्षणसमेत लिइसकेको बताउने सोनिया आफू क्लासिकलबाहेक सबै नृत्य गर्न सक्ने दाबी गर्छिन् ।
पछिल्लो समय चलचित्रमा अभिनयभन्दा पनि अंग प्रदर्शन गरेर बिक्ने प्रवृत्ति बढेको उनलाई मन पर्दो रहेनछ । ‘यस्तै हो भने चलचित्र उद्योग कहाँ पुग्छ, भन्न सकिन्न,’ चिन्ता देखाइन् । अरूलाई आफूतिर आकर्षित गर्नुलाई ग्ल्यामर भन्छिन् उनी । अनि, ट्यालेन्टको ग्ल्यामरलाई मात्र कदर गर्ने संस्कार सुरु हुने हो भने चलचित्र क्षेत्रमा छाएको ५० प्रतिशत विकृति अन्त्य हुने सुनाउँछिन् । बलिउडका बबी देवल र इम्रान खान उनका मन पर्ने अभिनेता रहेछन् ।
पाँच फिट हाइट, २७ इन्च कम्मरकी सोनियालाई प्राय: सबै प्रकारका ड्रेस लगाउन मन पर्छ । भन्छिन्– ‘वान पिस र साडीमा निकै आकर्षक र सेक्सी देखिन्छु ।’ साडीलाई सेक्सी ड्रेस मान्ने सोनिया आफूले अहिलेसम्म सेक्सको अनुभव नलिएको बताउँछिन् तर सेक्सबारे खुलेरै कुरा गर्नुपर्ने धारणा राख्छिन्, ‘अहिलेको समयमा पनि केको संकोच ।’ काठमाडौं, लगनटोलकी उनी विवाहअगाडिको भन्दा विवाहपछाडिको सेक्स ठीक मान्छिन् । भन्छिन्, ‘त्यो सेक्सले सकारात्मक प्रभाव पार्छ ।’ त्यसैले बिहेअगाडि नै कसैले सेक्स प्रस्ताव गरे उनले जवाफ ठीक पारेकी छन्– नो वे ।
साभार: सौर्य समाचार

Related

मनोरञ्जन 6866200370312726823

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item