होटल सचांलन गर्दै कलाकार राजु थापा मगर

काठमाण्डौ,साउन ९ । 

मृगौलापिडित रगंमञ्च कलाकार राजु थापा मगर अहिल्य नियमित उपचारमा रकम अभाव हुन थालेपछि होटल सञ्चालनमा लाग्नुभएको छ । सिन्धुली ढुग्रेभञ्जाङमा भिजेल पार्क नामको होटल सञ्चालनवाट उपचारार्थ खर्च जुटाउन सो होटल सञ्चालन गरेको मगर वताउनुहुन्छ ।  उहाँ भन्नुहुन्छ, ८ लाख रुपैयाँमा एउटा मृगौला प्रत्यारोपण भयो आजिवनभर नियमित उपचारको लागी मासिक २० हजारभन्दा वढी खर्च लागिरहने छ । सिन्धुली एवं काठमाण्डौमा विभिन्न सघंसस्थाले आयोजना गरेको सास्कृतिक कार्यक्रमवाट तिनलाख पचास हजार भन्दा वढी संकलित रकमले  धेरै सहयोग गरेको उहाँ वताउनुहुन्छ । 


 मृगौला प्रत्यारोपण गरिएपनी  नियमित उपचारको लागी भने रकम अभाव भएपछि होटल संचालनमा ल्याएको कलाकार मगर वनाउनुहुन्छ । गाउँलेलाई तिर्न वाकी ६ लाख भन्दा वढी ऋण र नियमित उपचारको लागी रकम अभाव भएपछि होटल सञ्चालनवाट केहि गर्न सक्छुकि भन्ने लागेको छ, मगर वताउनुहुन्छ ।  अझैपनी मासिक २० हजारको हाराहारिमा नियमित उपचारको लागी खर्च भईरहेकोले ऋण वढ्दै गएको उहाँ वताउनुहुन्छ ।  मृगौला पिडित देखिएपछि म कलाकारितामा लाग्न पनी सकिरहेको छैन,कलाकार भएरै तानाले  मेरो लागी धेरैजनाले सहयोग गर्नुभएको छ , उहाँहरुप्रती आभारी रहेको मगर वताउनुहुन्छ ।

 मेरो एउटै अनुरोध छ सिन्धुलीवाट जाने र भित्रने वोलेरो तथा वसले मेरो होटलमा खाईदिनुभयो र गन्तव्य स्थान वनाईदिनुभयो भने म वाच्थे नत्र नियमित उपचार गर्न नसकेरै मर्छु होला,नैराष्यता व्यक्त हुदै उहाँ यसो भन्नुहुन्छ । मगर भन्नुहुन्छ वस तथा वोलेरोका पेसिन्जरले मेरो होटलमा खाईदिए भने त उपचारको लागी म आफै निर्भर हुनछु ।  अव म  पैसा मागेर उपचार गर्दिन,काम गरेरै उपचार गर्ने सोचमा  छु , मेरो कामलाई सिन्धुलीका यातायात व्यवसायीले सुनिदिए र सम्वन्धीत निकायले वुझिदिए राम्रो हुन्थ्यो । 




Related

फोटोखबर 2164058726671548674

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item